रोकियो ‘बाबरी’ छायांकन

काठमाडौँ । चलचित्र ‘बाबरी’को छायांकन रोकिएको छ । झापामा छायांकन गरिरहेको चलचित्र त्यहाँ सुरु भएको निषेधाज्ञाका कारण रोकिएको हो ।

यसपछिको सेड्युल सिक्किमको भएकोमा नाकासमेत बन्द भएकाले टिम काठमाडौं फर्किएको हो ।

सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्रमा धिरज मगर, धिरज टोटलानी र अभिनेत्री अदिति बुढाथोकीको मुख्य भूमिका छ ।

चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बास्कोटाको, अनमोल गुरुङ र सुजन चापागाईँको संगीत छ । चलचित्र अदितिकी आमाले निर्माण गर्दैछिन् । स्थिति सामान्य भएपछि पुनः छायाङ्कनमा जाने टिमको तयारी छ ।

प्रतिक्रिया