कोभिड संक्रमित जनप्रतिनिधिको मृत्यु

काठमाडौँ । बागलुङमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गएराति धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको सघन उपचारकक्षमा राखेर उनको उपचार भइरहेको थियो ।

श्वासप्रश्वासकै समस्याका कारण ती महिलाको मृत्यु भएको अस्पतालका डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए । उनी गाउँ कार्यपालिका सदस्य थिइन् ।

प्रतिक्रिया