अवकाश प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई १ वर्ष करारमा लिइने

काठमाडौं । सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव हुन नदिन अवकाशप्रप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई १ वर्षका लागि करारमा भर्ना गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै बुधबार यस्तो बताएका हुन् । तर, कति संख्यामा त्यस्ता कर्मचारी चाहिन्छन् र सरकारले कतिलाई भर्ना लिने भन्ने बारे उनले बताएका छैनन् ।

पछिल्लाे समय ठूलाे संख्यामा उपचारमा खटिएका चिकित्सक तथा कर्मचारी नै संक्रमित भएकाे र एकै कर्मचारीले निरन्तर सेवा दिनु पर्ने अवस्था अाएपछि सरकारले यस्ताे व्यवस्था गर्न लागेकाे हाे ।

प्रतिक्रिया