निषेधाज्ञामा इटहरी (तस्बिरहरू)

आश्विन खत्री

काठमाडौं । कोरोना संक्रमणका कारण सुनसरीमा निषेधाज्ञा गरिएसँगै त्यसको प्रत्यक्ष प्रभाव इटहरीमा परेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत शुक्रबार १२ बजे रातिदेखि आगामी २४ गते रातिसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेसँगै सवारीसाधन‚ होटल व्यवसायहरू बन्द भएका छन् ।

प्रशासनले निषेधाज्ञाको समयावधिभित्र अत्यावश्यक काम नपरी घरबाहिर निस्कन‚ एकै स्थानमा भेला, जुलुस, छलफल र गोष्ठी गर्न‚ १० वर्षमुनि र ६० वर्षमाथिका व्यक्ति तथा दीर्घरोगीलाई अत्यावश्यकबाहेक कुनै पनि काममा आउजाउ गर्न पनि निषेध गरेको छ ।

अत्यावश्यक खाद्य सामग्रीको हकमा औषधि तथा स्वास्थ्य सामग्री पसलबाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला गर्न पाइने प्रशासनले जनाएको छ ।

तस्बीरमा इटहरी:

प्रतिक्रिया