उपत्यकामा निषेधाज्ञाको पाँचौँ दिन

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रशासनले लगाएको निषेधाज्ञा सोमबार पाँचौँ दिन पनि जारी छ ।

सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले कडाइ गरेको छ । यसअघिको तुलनामा सवारी आवागमनलाई पनि कडाइ गरिएको छ । त्यस्तै बिनाकाम हिँड्ने सर्वसाधारणलाई प्रहरीले होल्डमा राख्ने गरेको छ ।

बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरुलाई पनि एक चौथाइ कर्मचारीमार्फत् सेवा प्रवाह भइरहेको प्रशासन कार्यालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि एकसातासम्म निषेधाज्ञा लगाएका छन् ।

मन्त्रिपरिषद् बैठकले थप एकसाता निषेधाज्ञा लगाउने यसअघि नै निर्णय गरिसकेको छ ।

यस्तै कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञा गर्ने जिल्लाहरुको संख्या बढ्दै गएको छ । अहिलेसम्म पूर्ण तथा आशिंक गरी ४२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

अहिलेसम्म ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा आशिंक निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया