१८ शब्दमा तयार गीत ‘नढाँटी भन’ सार्वजनिक

काठमाडौँ । विश्वकै सबैभन्दा कम शब्दको गीत गाएर नेपाली गीतकार डा. डीआर उपाध्यायले विश्व रेकर्ड राखेका छन् । उनले जम्मा १८ शब्दको गीत रेकर्ड गराएर विश्व रेकर्ड बनाएका हुन् ।

‘नढाँटी भन तिमी
माया गर्छु भनी
सँगै जुनी कटाउँला
तिम्रै साथमा रमाउँला
धड्किनु धड्कन बनी
छातीमै निदाउनु तिमी…’

यो गीत विश्वको सबैभन्दा छोटो १८ शब्दको आधुनिक गीतमा वर्ल्ड रेकर्डमा सूचीकृत भएको छ । नेपाली गीत सङ्गीतमा डा.उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित सर्वाधिक विश्व रेकर्ड कायम गरिसकेका छन् । गीतकार डा.उपाध्यायले विभिन्न ५१ विधामा विश्व कीर्तिमानी काम गरिसकेका हुन् ।

गीत ‘नढाँटी भन तिमी’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीतमा रहेको गीतमा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।

प्रतिक्रिया