नितेश भन्छन्- म कामले बोल्छु

काठमाडौं । गायक नितेशजंग कुँवरले केही दिनअघि फेसबुकमार्फत् आफ्नो नेपाली सांगीतिक यात्रा निष्कर्षमा पुगेको बताएका थिए । तर, के कारणले सांगीतिक क्षेत्र छाड्नु परेको भन्ने विषयमा केही पनि बोलेका थिएनन् ।

नितेशजंगले केही दिनपश्चात् सामाजिक सञ्जालमा आएर आफू एउटा ठाउँसम्म पुगेको र अब अझ धेरै केही गर्नु छ भनेर नेपाली सांगीतिक यात्रा छाड्नुपरेको बताएका छन् । उनले फेसबुक भिडियोमार्फत् आफ्नो देशलाई विदेशमा पनि चिनाउनुपर्ने बताउँदै सबैले आ-आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताएका छन् । त्यसका लागि उनले आफ्नो काम गर्ने तरिका बदलेको बताएका छन् ।

आफूले सबैबाट राम्रो साथ र सहयोग पाएर यहाँसम्म पुगेको बताउँदै उनले भनेका छन्‚ ‘यही साथका कारण म केही न केही गर्छु भनेर हिँडेको छु । धेरै बोलेर काम छैन । म कामले नै बोल्छु ।’ उनले आफूलाई साथ र सहयोग गर्नेहरूलाई धन्यवाद दिँदै अन्य कुराहरू नसोच्न भनेका छन् ।

प्रतिक्रिया