सिप्रदी ट्रेडिङद्वारा कोरोनाविरुद्ध खटिएकालाई गाडी किन्दा विशेष छुट

काठमाडौं । सिप्रदी ट्रेडिङले कोरोना विरुद्ध अग्रपंक्तिमा खटिएकालाई गाडी किन्दा विशेष छुट दिने भएको छ । टाटा मोटर्सका लागि नेपालको आधिकारीक बिक्रेता कम्पनी रहेको सिप्रदीले टाटाका गाडीमा यस्तो छुट योजना ल्याएको हो ।

कम्पनीले अहिले टाटाका जुनसुकै गाडी किन्दा १ लाख ५० हजार रुपैयाँ छुट दिँदै आएका छ । विशेष छुट अन्तर्गत स्वाथ्यकर्मी, सुरक्षाकर्मी र बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई थप ५० हजार छुट दिने भएको छ ।

त्यस्तै, गाडी साट्दा ५० हजार एक्सचेन्ज बोनस, टाटाको गाडी साट्दा ३० हजार लोयल्टी बोनस दिने घोषणा गरेको छ । कम्पनीले गाडीको होम डेलिभरीको व्यवस्था पनि गरेको जनाएको छ । यो योजना मे महिनाभरिका लागि लागु गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, पार्टपूर्जा, इन्जिन आयाल, व्याट्री, गाडी मर्मट जस्ता सेवा चौबीसै घण्टा खुला राखिएको जनाएको छ । १६६००१५५७७७ वा ९८०१५७५७७७ मा टेलिफोन गरेर यी सेवा लिन सकिने समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया