बालिका करणीको आरोपमा एक पक्राउ

काठमाडौं । बालिका करणीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

५ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कनकासुन्दरी गाउँपालिका-१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार बुद्धिमानले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी चौथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया