संसद अधिवेशन वैशाख २७ मा

काठमाडौं । प्रतिनिधि सभाको अर्को अधिवेशन वैशाख २७ गते सोमबारबाट शुरु हुने भएको छ ।

मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबारबाट अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकालेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट पार्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरिएको उल्लेख छ ।

प्रतिक्रिया