कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको निधन
२०७८ वैशाख १९ गते

टिकापुर । कैलालीमा कोरोना भाइरसको संक्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ ।
धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आइतबार अपराह्न मृत्यु भएको हो ।
कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासी स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण उनको निधन भएको उनका श्रीमान् मोतीलाल चौधरीले बताए ।
कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट २०७० सालको संविधानसभा सदस्य थिइन् ।
२०७८ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित








