भारतबाट फर्किनेलाई अष्ट्रेलियामा ५ वर्ष जेल र ६६ हजार डलर जरिवाना !
२०७८ वैशाख १८ गते

|फाइल तस्बिर|
काठमाडौं । अष्ट्रेलियाको सरकारले आफ्नै देशका नागरिकलाई तत्काल भारतबाट फर्किन प्रतिबन्ध लगाएको छ ।
भारतमा डरलाग्दो किसिमले फैलिरहेको कारोना संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको त्यहाँको सरकारले जनाएको छ । ‘मे ३’ बाट भारतबाट आवागमनमा अस्थायी प्रतिबन्ध लगाउने घोषणा अष्टे«लियाको सरकारले गरेको हो ।
कसैले यो प्रतिबन्ध उल्लङ्घन गरे ६६ हजार अस्ट्रेलियाली डलर जरिवाना वा ५ वर्षसम्म जेल वा दुवै सजाय हुन सक्ने विज्ञप्तीमा उल्लेख छ ।
पछिल्लो १४ दिन यता भारत भ्रमणमा रहेका र अष्ट्रेलिया फर्किन चाहेका नागरिकलाई पनि यो नियम लागू हुनेछ ।
भारतमा अहिले दैनिक कोभिड १९ बाट संक्रमित हुनेको संख्या ४ लाख नाघ्न थालेको छ । यो विश्वमै धेरै भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा सङ्क्रमणदर बढेसँगै धेरै देशले भारतसँगको उडान बन्द गरेका छन् ।
२०७८ वैशाख १८ गते
प्रतिक्रिया
सम्बन्धित








