रुपन्देहीमा कोरोना संक्रमितले गरे आत्महत्या
२०७८ वैशाख १८ गते

|फाइल तस्बिर|
कठमाडौं । रुपन्देहीमा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका– १ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय एक पुरुषले शनिवार बिहान अस्पतालको शौचालयमा झुन्डिएर आत्महत्या गरेकाे अस्पतालका स्वास्थ्य प्रमुख मेहराज पन्थीले मकालु खबरलाई जानकारी दिए ।
‘उहाँमा खासै स्वास्थ्य समस्या पनि थिएन,’ प्रमुख पन्थीले भने– ‘तर उहाँले आत्महत्या गर्नुभएछ । स्वास्थ्य अवस्था सामान्य थियो । एक्कासी आत्महत्या गरेको भेटिएपछि बुझ्दा उहाँमा ‘साइको’ को समस्या रहेको थाहा भयो ।’
तीन दिन अघिदेखि सञ्चालनमा आएको कोरोना विशेष अस्थायी अस्पतालमा यसअघि बुटवलमा बेड नपाएर भर्ना भएका एकजना जटिल अवस्थाका संक्रमितको मृत्यु भएको थियो । अस्पतालमा हाल ९ जना संक्रमित उपचाररत छन् ।
२०७८ वैशाख १८ गते
प्रतिक्रिया
सम्बन्धित








