शिथिल देखिए मदन कृष्ण श्रेष्ठ (भिडि‌ओसहित)

काठमाडौँ । कोभिड-१९ संक्रमित चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ डिस्चार्ज भएका छन् । ८ दिनको मेडिसिटी अस्पतालमा उपचार गरे पश्चात् श्रेष्ठ शुक्रबार घर फर्किएका हुन् । संक्रमण भएर स्वास्थ्यमा समस्या देखिएसँगै अस्पताल भर्ना गरिएको थियो ।

उनले आफ्नो फेसबुकमार्फत एक भिडिओ सन्देश जारी गर्दै कोभिडले स्वास्थ्यमा धेरै असर गरेको बताए । ‘धेरै नै थकान अनुभव भएको शरीरमा बल नै नभएको झैँ अनुभव छ,’ उनले भनेका छन्, ‘वैमनस्य त्यागेर एक अर्काप्रति माया सद्भाव बढ्दै कोरोना विरुद्धको लडाई एक भएर लड्नुपर्छ ।’

उनले सम्पूर्णमा मास्क लगाउन, सरसफाइमा ध्यान दिन आग्रह गरे । उनीसहित परिवारका पाँचै जनामा संक्रमण भएको थियो ।

प्रतिक्रिया