२० दिनमा सकियो कर्मा र लक्ष्मीको ‘अनन्त’

काठमाडौँ । कर्मा र लक्ष्मी बर्देवा अभिनीत चलचित्र ‘अनन्त’को छायांकन सकिएको छ । फ्लोरमा गएको २० दिनमा चलचित्रको छायांकन सकिएको हो ।

छायांकन सकिए पनि पोस्ट प्रोडक्सनको काम निषेधाज्ञा पश्चात् गर्ने टिमको तयारी छ । टाइम ट्राभल लभ स्टोरी चलचित्र जेसन लोप्चनले निर्देशन गरेका हुन् । चलचित्रको पटकथा जेसनले नै लेखेका हुन् । चलचित्र बबिन दुलालले खिचेका हुन् भने नव विजय श्रेष्ठले निर्माणको जिम्मा लिएका छन् ।

श्रेष्ठलाई निर्माणमा सह-निर्माताको रूपमा रञ्जन ढुङ्गाना र शीतल खड्काले साथ दिएका छन् साथै तेजबहादुर श्रेष्ठ र दीपेश राउत सहायक निर्माताको रूपमा रहेका छन् । रेमन मल्ल र सल्लेन सुवाल लाइन प्रोड्युसरको भूमिकामा रहेका छन् ।

जीवन अधिकारीको समेत अभिनय रहेको चलचित्र काठमाडौँमा करण श्रेष्ठ र जीजीए ग्रुप मिलेर वितरण गर्नेछन् । चलचित्र किपालय प्रोडक्सनको ब्यानरमा बनेको हो ।

प्रतिक्रिया