पूर्पप्रधानसेनापति कटुवाललाई कोरोना संक्रमण, आइसीयूमा उपचार हुँदै

काठमाडौं । पूर्वप्रधानसेनापति रूक्माङ्गद कटुवाललाई कोरोना संक्रमण भएको छ । उनको अहिले सैनिक अस्पतालको कोभिड वार्डको आइसीयूमा उपचाररत छन् ।

सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले मकालु खबरलाई दिएको जानकारीअनुसार कटुवाल अहिले सैनिक अस्पतालको कोभिड वार्डमा उपचाररत छन् । ‘उहाँ विगत १०/११ दिनदेखि त्यहाँ उपचाररत हुनुहुन्छ,’ प्रवक्ता पौडेलले भने– ‘उहाँको स्वास्थ्य स्थिर छ ।’

प्रतिक्रिया