लुम्बिनीमा ठाकुरको प्रत्र– जसपा सांसदलाई कारबाही गरिएकौ छैन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पत्र पठाउँदै लम्बिनी प्रदेशका ४ सांसदलाई पदमुक्त नगरिएको जिकिर गरेका छन् । बिहीबार प्रदेश सभा सभामुखलाई पत्र पठाउँदै अध्यक्ष ठाकुरले यस्तो जिकिर गरेका हुन् ।

सांसदहरुलाई पदमुक्त गर्ने काम पार्टीको केन्द्रीय कार्यकारिणी समितिबाट नभएको भन्दै अध्यक्ष ठाकुरले पत्र पठाएका हुन् ।
पत्रमा लुम्बिनीमा पूर्वराजपा नेपाल र पूर्व समाजवादी पार्टीका प्रदेश समितिको समायोजन हुन नसकेको र संसदीय दललाई नै प्रदेश सभासम्बन्धी सम्पूर्ण कार्य गर्न निर्देशन पठाइएको स्मरण गराएका छन् ।

६ सदस्यीय प्रदेश सभा संसदीय दलमा चारजना पूर्व राजपा पक्षका छन् । उनीहरुलाई उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षको कार्यकारिणी समितिको निर्णयअनुसार प्रदेश सभा सदस्यबाट पदमुक्त गरिएको थियो ।

पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, समुन शर्मा र कल्पना पाण्डे रहेका छन् । गत बैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्दै ४ जसपा नेतालाई मन्त्री बनाएका थिए । सोही दिन उनीहरुलाई स्पष्टीकरण सोधिएको थियो ।

उनीहरुले स्पष्टीकरण बुझाएका थिएनन् । स्रोतकाअनुसार ४ सांसदले अध्यक्ष ठाकुरलाई नै सोधेर सरकारमा सामेल भएका हुन् । जवाफमा अध्यक्ष ठाकुरले भनेका थिए– ‘तपाईंहरु सरकारमा सामेल हुनुस्, जे हुन्छ म छु ।’

प्रतिक्रिया