निषेधाज्ञामा ‘निफ’ नरोकिने

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘नीफ’ कोभिड-१९ का कारण नरोकिने भएको छ । ‘नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बर्सेनि आयोजना गर्दै आइरहेको निफको चौथो संस्करण अनलाइनमार्फत् गरिने भएको हो ।

प्रतिष्ठानले गत फागुनमै आयोजना गर्नुपर्ने महोत्सव फिजिकल नै गर्ने उद्देश्यले यही वैशख २३ देखि २७ गतेलाई निर्धारण गरेको थियो । तर सरकारले लकडाउन गरेको कारण यो वर्षको निफका गतिविधि अनलाइन गर्ने साथै चलचित्र नेटटिभीबाट प्रसारण गर्ने निर्णय भएको महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी गराए ।

‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’ को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराई अवार्ड पनि वितरण गरिने आयोजकको तयारी छ । कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् ।

प्रतिक्रिया