बलात्कार शब्दको व्यापार नगरौं : झुमा लिम्बु

काठमाडौँ । गायिका झुमा लिम्बु मानिसका कतिपय व्यवहारप्रति आक्रोशित देखिएकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले  समाजलाई बलात्कार हुनबाट बचाउन आग्रह गरेकी छन् ।

उनले महिलावादी बन्दै गर्दा आफ्नो अस्तित्वलाई दाउमा नहाल्न साथै सीमा पार नगर्नसमेत आग्रह गरेकी छन् । महिला भएकै कारण प्रकृतिले कमजोर बनाएको भन्ने विषयको गलत फाइदा नउठाउन उनले ध्यानाकर्षण गरेकी छन् ।

‘स्त्रीले पुरुषसरह अधिकार खोज्नुपर्नेमा उल्टो पुरुष जस्तो अर्धगुणवाला हुने दौडमा आफूलाई पुरुषको लाइनमा झार्ने होडले यस्ता घिन लाग्दा हरकत घटाउनुले प्रकृति पनि अवाक् भई सक्यो होला।’ उनले लेखेेकी छन् । 

आक्रोशको भाषा प्रयोग गर्दै उनले स्नातकोत्तर विद्यावारिधि गरेर त्रिभुवन विश्वविद्यालयमा कार्यरत हुनुभन्दा बाख्रा चराउनु, तरकारी रोप्नुमा इज्जत जोगिने भन्दै त्रिविमा आएको विवादको विषय जोडेकी छन् । उनले आफू स्वयम् पनि महिलावादी भएकाले उनले महिलाको विरोध गरेकोभन्दा पनि गलत प्रवृत्तिविरुद्ध आवाज उठाएको पनि लेखेकि छन् ।

उनको पोस्ट :

#हामी_स्त्री। र म #महिलावादी हुँ ।

#महिला_जागौँ र #समाज_बचाऊँ ।।।

#समाजलाई_बलात्कार हुन बाट बचाऊँ।

  • तर बलात्कार जस्तो आपराधिक शब्दको व्यापार नगरौँ।
  • मेरा पुर्खाको सत्कर्मको फल स्वरूप म छोरी भएर जन्मिन पाएँ र धन्य छु ।
  • खास कुरा स्त्री भएर जन्मिनु ठुलो वरदान ठान्छु म।
  • प्रकृतिलाई धन्यवाद छ कि सर्बगुणयुक्त र अझ मानवीय गुण स्त्री जातिलाई नै दिएर पठाएकोमा ।
  • तर अब स्त्रीहरूले पुरुष सरह अधिकार खोज्नु पर्नेमा उल्टो पुरुष जस्तो अर्धगुणवाला हुने दौडमा आफूलाई पुरुषको लाइनमा झार्ने होडले यस्ता घिन लाग्दा हरकत घटाउनुले प्रकृति पनि अवाक् भई सक्यो होला।
  • सबैलाई थाहै छ पुरुष र महिलाको सरिरमा के कस्ता अङ्ग छन्
  • हो महिलालाई पुरुष भन्दा अलिक धेरै शोषण भएकै होला र छ।
  • तर त्यसो हो भन्दैमा यत्तिको गति पनि नछोडुम कि मरेर जाँदा पनि छोपेर जाने चिजको गलत इस्तमाल नगरुम।
  • म भगवान् र पाप , धर्ममा विश्वास नगर्ने मान्छेलाई पनि एकदम अलमल हुन्छ घरी घरी ।
  • कसैले 2 पैसा दिँदैमा जिन्दगी भरीलाई चाहिने जुन लाज हो त्यो बेचेर अर्काको अस्तित्व नामेट पार्दा तिमीहरूको आत्मा रमाएको छ ?
  • तिम्रो पनि बाउ अथवा दाजु भाइलाई अर्को महिलाले यसो गरे तिमी कति फिट उफ्रिन्छौ?
  • अर्काको अस्तित्व मेटाउँदा तिमिले पाएको 2 पैसाले तिम्रो पूरा जीवन धान्छ ?
  • कि सधैँ यस्तो खेल मच्चाएर बस्नु भन्दा त एउटा वेश्यालय खोलेर पैसा कमाउने,परिवार पाल्ने महिलाहरूमा हजार गुना सम्मान र माया छ।
  • र त्रि. बी. जस्तो प्राज्ञिक क्षेत्रमा कोही हाम्रा प्रिय मान्छेहरू आइन्दा जानू भनेको आफ्नो जीवनभरिको इज्जत माटोमा मिलाउनु बराबर देखेँ।
  • बरु पी. एच. डी . गरेर बाख्रा पालन गर्नुस्, साग रोप्नुस् , फुल रोप्नुस्, सानले बाँच्नुस्।
  • यत्ति लेख्दा डलरे महिलाबादिहरु म सङ्ग खनिन जरुरी छैन र म झन् कुनै संस्था नखोली खाँटी महिलावादी हुँ, आफन्तलाई नै यस्तो परिआउँदा सहन गारो हुँदो रछ।
प्रतिक्रिया