कोभिड कहर, निषेधाज्ञा र काठमाडौं [फोटोफिचर]

काठमाडौं । सरकारले काेभिड-१९ को संक्रमण दर बढ्दै गएपछि उपत्यकाका ३ जिल्लामा निषेधाज्ञा लागू गरेको छ ।

निषेधाज्ञा लागू भएपछि यहाँका बजार बन्द भएका छन् भने सडक सुनसान प्रायः बनेको छ । अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउँदै हिंडडुल र आवागमनमा रोक लगाइएका कारण उपत्यकाका मुख्य सडक सुनसान बनेका हुन् ।

निषेधाज्ञा लागू गराउन मुख्य सडक र चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सवारी साधनको चेकमा पनि कडाइ गरिएको छ । प्रशासनले निषेधाज्ञा पालना नगर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएपछि सडकमा पैदलयात्रु समेत अत्यन्त न्यून देखिएका छन् । निषेधाज्ञा उल्लंघन गर्नेलाई ‘होल्डिङ सेन्टर’मा केही समय रोकेर छाड्ने गरिएको छ ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई एक महीनासम्म कैद वा एक सय रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने प्रावधान छ । यस्तो देखियो उपत्यकामा निषेधाज्ञाको पहिलो दिन । हेरौं तस्बिरमा :-

प्रतिक्रिया