सेनाद्वारा सगरमाथासहित चार हिमालको ९२६ किलो फोहोर संकलन

काठमाडौँ । नेपाली सेनाले ‘स्वच्छ हिमालय कार्यक्रम २०२१’ अभियानअन्तर्गत ४ वटा हिमालमा फ्याँकिएका ९२६ किलो फोहोर संकलन गरेको छ । बुधबार नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले ट्वीटरमार्फत् सगरमाथा, धौलागिरी, मकालु र आमादब्लम हिमालमा रहेको ९२६ किलो फोहोर संकलन गरिएको बताएका हुन् ।
सेनाले सगरमाथाको क्याम्प-४ सम्म, धौलागिरीको क्याम्प-१ र आमा दब्लम हिमालको समिटसम्म पुग्ने बाटो मर्मत गरेको उनले जनाएका छन् ।
सगरमाथाबाट ६३६ किलो, मकालु हिमालबाट २१० किलो र आमादब्लम हिमालबाट ८० किलो फोहर संकलन गरिएको प्रवक्ता पौडेलले जानकारी दिएका हुन् ।
यी चारसहित ल्होत्से, पुमोरी हिमालको सफाइ गरिने सेनाले जनाएको छ । बेस क्याम्प र त्यसभन्दा माथिको क्षेत्रमा सफाइ गरेर करिब ७० हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य रहेको सहायक रथी खड्काको भनाइ छ ।
६ वटा हिमालयहरूमा फ्याँकिएका करिब ७० हजार किलो तौल बराबरका फोहोर, खाद्यान्न सामग्रीका भाँडा, पाल तथा क्यानका फोहोरहरु संकलन गर्ने र त्यसलाई काठमाडौंसम्म पुर्याउने लक्ष्य अभियानको छ ।
Mountain Cleaning Teams in Action!
Team Sagarmatha: 636 Kgs waste & fixed rope up to Camp IV
Team Dhaulagiri: fixed rope up to Camp I
Team Makalu: 210 Kgs waste
Team Ama Dablam: 80 Kgs waste & fixed rope up to the summit#SaveTheHimalayasForFuture#MountainCleaningCapmaign2021 pic.twitter.com/POIZQQ4vIg— NASpokesperson (@NaSpokesperson) April 28, 2021








