गौडेलको लघु चलचित्र ‘हन्ड्रेड रुपिज’ लाई मिफा अवार्ड

काठमाडौँ । अभिनेत्री दिया मास्के र सृष्टिशा श्रेष्ठ अभिनीत लघु चलचित्र हन्ड्रेड रुपिजले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । टिआर गौडेल निर्देशित चलचित्रले मुम्बई इन्टरनेसनल फिल्म अवार्ड्स (मिफा) मा अवार्ड प्राप्त गरेको हो । निर्देशक गौडेलको लेखनसमेत रहेको चलचित्रले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेको हो ।

बलात्कार र त्यसको प्रभावलाई विषयवस्तु बनाएको चलचित्र २० मिनेटको रहेको छ । चलचित्रमा रविन आचार्यको छायांकन रहेको छ । यस अघि चलचित्रले इन्दुस भ्याली इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत अवार्ड जितेको थियो।

प्रतिक्रिया