आजदेखि ‘डन्ट माइन्ड’ प्रसारण हुँदै

काठमाडौं । हास्य टेलिचलचित्र ‘डन्ट माइन्ड’ आज (बुधबार)देखि प्रसारण हुने भएको छ । म्युजिक नेपालको प्रस्तुति तथा हिमालय टेलिभिजनको सहकार्यमा टेलिचलचित्र हरेक बुधबार साँझ ८ बजे प्रसारण हुनेछ । साथै म्युजिक नेपालको युट्युब च्यानल तथा  मोमो एपमा समेत सोही दिन साँझ ८:३० बजे प्रसारण हुनेछ ।

टेलिचलचित्रलाई निर्मल शर्मा र कमल  मैनालीले संयुक्त रूपमा निर्देशन गरेका छन् । रवि शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनिता श्रेष्ठ, स्मारिका खनाल, रामेश्वर केसी, घनश्याम गौतम, सुरेश तिमिल्सिना, विश्वमणि घिमिरे, चीजकुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मणसिंह बस्नेतको यसमा अभिनय रहनेछ ।

टेलिचलचित्रको कार्यकारी निर्माता चीजकुमार श्रेष्ठ, पटकथा लेखक कमल मैनाली हुन् । सम्पादन गौतमराज खड्काले गरेका छन् भने छायांकन राजु केसीले गरेका हुन् ।

प्रतिक्रिया