जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । छुटाछुट्टै दुई स्थानमा भएको करणीको आरोपमा प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ ।

बर्दियामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया नगरपालिका- ४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले प्रकाउ गरेको जनाएको छ ।

किशोरले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाँनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस्तै कपिलवस्तुमा आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुद्धभूमि नगरपालिका-३ घनचौरा बस्ने ४० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पुरुषले ती बालिकालाई दुईपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया