बज्रयोगिनीको जात्रा सुरू (तस्बिरहरू)

भक्तपुर । साँखु अर्थात् संखरापुरमा करिब ९०० वर्षभन्दा पुरानो जात्रा मंगलबारबाट सुरु भएको छ ।

राजा संखदेवले कालिगढ सम्वत् १८०१ मा संखरापुर बस्ती (हालको साँखु) बसालेको भन्ने इतिहास रहेको पाइन्छ । राजा संखदेवले बस्ती बसालिसकेपछि कालिगढ सम्वत् १८१८ बाट बज्रयोगिनीको जात्रा सुरु भएको मान्यता रहँदै आएको छ ।

साँखुमाथी रहेको बज्रयोगिनीको मन्दिरबाट भगवानलाई खटमा राखी तल साँखु बजारमा ल्याएसँगै यो जात्रा सुरु हुन्छ ।

८ रात ९ दिन चल्ने यो जात्रा काठमाडौंको पुरानो जात्रामध्ये एक रहेको स्थानीय लक्ष्मण श्रेष्ठ बताउँछन् । आज बजारमा ल्याइएको बज्रयोगिनीको खटलाई साँखुस्थित चलाखु टोलमा ४ दिन राखेपछि बजार परिक्रमा गराइने चलन रहिआएको छ ।

बज्रयोगिनी क्षेत्रलाई बज्राचार्यहरूको उत्पत्ति थलोसमेत मानिन्छ ।

प्रतिक्रिया