त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्न नपाइने

काठमाडौं । बुधबार (भाेली) देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्न नपाइने भएको छ । अध्यागमन विभागले यही वैशाख १५ गते बुधबार राति १२ बजेदेखि लागू हुने गरी ट्रान्जिट रुट प्रयोगमा रोक लगाएको जनाएकाे हाे ।

विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाइ आगमन गर्न र नेपालबाट विदेश जान भने पाइने छ ।

कोभिड–१९ को नयाँ जाेखिम कम गर्न यस्तो निर्णय गरिएको विभागले जनाएको छ । कोरोनाको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा वैशाख १६ देखि १ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

 

प्रतिक्रिया