९३औँ अस्कर अवार्डमा ‘नोम्याडल्यान्ड’ सर्वोत्कृष्ट

एजेन्सी । ९३ औँ अस्कर अवार्डमा चलचित्र ‘नोम्याडल्यान्ड’ले सर्वोत्कृष्ट चलचित्र, निर्देशक र अभिनेत्री गरी तीन विधामा अवार्ड उचालेको छ । निर्देशक क्लोई झाओ इतिहासमै अस्करको निर्देशन विधामा अवार्ड जित्ने दोस्रो महिला निर्देशक बनेकी छन् ।
यसअघि क्याथरिन बिगेलोले सन् २०१० मा ‘हार्ट लकर’बाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेकी थिइन् । फ्रान्सिस म्याकडरम्यान्ड यही चलचित्रबाट उत्कृष्ट अभिनेत्री घोषित भएकी हुन् ।
सोनी पिक्चर्सको क्लासिक सिनेमा ‘द फादर’बाट एन्थोनी हप्किन्स उत्कृष्ट अभिनेता घोषित भए । ‘मिनारी’बाट पहिलो अस्कर जित्ने कोरियाली अभिनेत्री बनिन् यु जोङ उन । नेटफ्लिक्सका चलचित्र ३६ विधामा मनोनयन परे पनि ७ विधामा मात्र अवार्ड जित्न सफल भए ।
अस्कर बिजेता चलचित्र र कलाकारको सूची :
चलचित्र : नोम्याडल्यान्ड
निर्देशक : क्लोई जाओ (नोम्याडल्यान्ड)
अभिनेता : एन्थोनी हप्किन्स (द फादर)
अभिनेत्री : फ्रान्सिस म्याकडरम्यान्ड (नोम्याडल्यान्ड)
सह-अभिनेत्री : यु जोङ उन (मिनारी)
सह-अभिनेता : डेनियल कालुया (जुडास एन्ड ब्ल्याक मसिहा)
एडप्टेड पटकथा : द फादर
मौलिक पटकथा : प्रमिसिङ योङ वुमन
कस्ट्युम डिजाइन : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल स्कोर : सउल
एनिमेटेड सर्ट चलचित्र : इफ एनिथिङ ह्यापेन्ज आइलभ यू
डकुमेन्ट्री फिचर : माइ अक्टोपस टिचर
अन्तर्राष्ट्रिय फिचर : एनादर राउन्ड (डेनमार्क)
ध्वनी : साउन्ड अफ मेटल
प्रोडक्सन डिजाइन : म्यांक
सम्पादन : साउन्ड अफ मेटल
छायांकन : म्यांक
भिजुअल इफेक्ट : टेनेट
एनिमेटेड फिचर सिनेमा : सउल
मेकअप एन्ड हेयरस्टाइल : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल सङ : फाइट फर यु (जुडास एन्ड द ब्ल्याक मसिहा)








