नितेशको कला संगीतप्रतिको वितृष्णा किन ?

काठमाडौँ । गायक नितेश जङ्ग कुँवरले आफ्नो सांगीतिक करिअर निष्कर्षमा पुगेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्‚ ‘मलाई विश्वास छ कि, मेरो नेपाली सांगीतिक क्षेत्र निष्कर्षमा पुगेको छ । सबैलाई यो साथका लागि धेरै धेरै धन्यवाद स्वस्थ रहनुहोस्, नम्र हुनुहोस् ।’

उनले यस्तो पोस्ट गर्नु पछाडिको कारण भने खुलेको छैन । यसको केही महिनाअघि समेत चलचित्र ‘बाबरी’मा अनुबन्धित भएर अन्तमा उनले अभिनय गर्न नसक्ने बताएका थिए । उनी एकाएक कला संगीतको क्षेत्रबाट पछि हट्नु समग्र कला क्षेत्रका लागि घाटाको विषय हो ।

कतै उनी ठूलै समस्यामा त छैनन् भन्ने अनुमानसमेत दर्शकले गर्न थालेका छन् । उनले स्पष्ट जवाफ नदिएसम्म केही पनि भन्ने स्थिति देखिँदैन ।

नितेशले पीडित, धोकेबाज, सिन्धुलीगढी, मलाई उल्लु नबनाउनुलगायतका चर्चित गीत गएका छन् ।

प्रतिक्रिया