जनयुद्धको झल्को दिने ‘दोख’ चलचित्रको गीत ‘रातैले बुन्छ’

काठमाडौँ । अनुप बरालको निर्देशन रहेको चलचित्र ‘दोख’को गीत ‘रातैले बुन्छ…’ सार्वजनिक भएको छ । श्रवण मुकारुङको शब्द रहेको गीतमा पुष्प सङ्गमको संगीत रहेको छ । पूर्वेली भाकाको गीतमा झुमा लिम्बूको आवाज रहेको छ । गीतमा जनयुद्धको समयको झल्को दिने दृश्य देख्न सकिन्छ ।

चलचित्रको छायांकन शैलेन्द्र डी कार्कीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठको रहेको छ । चलचित्र राजन कठायतले लेखेका हुन् । चलचित्रमा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायत कलाकारको अभिनय रहेको छ ।

सविन ज्ञवाली र मनोज अधिकारी मुख्य निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले थापा कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया