सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले अनलाइनमार्फत कक्षा सञ्चालन गर्न निर्देशन दिने निर्णय पनि गरेको छ । आइतबार कोभिड १९ संकट व्यवस्था समिति (सीसीएमसी)ले सञ्चालन भइरहेका र हुन बाँकी सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले त्यही निर्णयलाई सदर गरेको हो ।

प्रतिक्रिया