ढकमक्क जाकारान्डा (तस्बिरहरू)

काठमाडौं । बसन्त ऋतुसँगै राजधानीमा ढकमक्क जाकारान्डा फूलेको छ । अहिले जाकारान्डा फूलले राजधानीका कतिपय सडकको शोभा बढाइरहेका छन् ।

वैशाख महिनाको मध्य समय, गर्मीले आफ्नो प्रभाव बिस्तारै जमाउँदैछ । काठमाडौँका सडक छेउका जाकारान्डाका रुखहरू ढकमक्क फूलेका छन् । भृकुटीमण्डप‚ रत्नपार्क‚ सुन्धारा‚ दरबारमार्गका सडकछेउमा फूलेका यी जाकारान्डाले पूरै काठमाडौँमा आफूहरुलाई रोपण गर्न अनुरोध गरिरहेछन् कि जस्तो देखिन्छन् ।

अघिपछि निकै उजाड देखिनेयो क्षेत्रको सडक अहिले भने हेर्न लायक बनेको छ ।

प्रतिक्रिया