१६ वैशाखअघि मोटरहेड बाइक किन्दा थप ५ हजार छुट

काठमाडौं । नेपालका लागि मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले हालै जारी हुन थालेको निषेधाज्ञालाई मध्यनजर गरी ‘बुक अर बाई’ नामक नयाँ स्किम ल्याएको छ ।

सरकारले यही बैशाख १६ देखि निषेधाज्ञा लागू गर्न लागेको समाचार आइरहेको सन्दर्भमा यो स्किम ल्याएको एसएलआर टेक्नो एन्ड ट्रेडका बिजनेस हेड उज्वल जोशीले बताए । यो अफर काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू गरिएको छ ।

यस अनुसार आगामी बैशाख १६ भन्दा पहिले मोटरहेडका कुनै पनि बाइक बुकिङ गर्दा वा किन्दा हाल चलिरहेको स्किम मा थप ५ हजार रुपैयाँ छुट उपलब्ध हुनेछ ।

काठमाडौंको बालाजु, टेकु र चाबहिल तथा ललितपुरको धोविघाट र भक्तपुरको सल्लाघारीमा रहेको मोटरहेड सोरुमबाट यो स्किम अन्तर्गतको छुट उपलब्ध हुनेछ ।

हाल नयाँ वर्ष २०७८ को अवसरमा ‘पावर पिकअप सब छ, नयाँ वर्ष २०७८ खास छ’ अफर चलिरहेको छ । उक्त अफर अन्तर्गत नगद खरिदमा १२ हजार, फाइनान्स खरिदमा ८ हजार र एक्सचेन्ज गरी खरिद गर्दा बजार मूल्यांकनमा थप १५ हजार रुपैयाँ पाउने छन् । यसका साथै कम्पनीको तर्फबाट थप एसेसरिजहरु पनि प्रदान गरिने बताइएको छ ।

अफरको नयाँ आकर्षणको रुपमा संस्थागत सामाजिक उत्तरदायित्व समेत जोडेको कम्पनीले बताएको छ । यस अन्तर्गत बिक्री भएका प्रत्येक मोटरसाइकलवापत १ हजार रुपैयाँ छुट्याइने छ । अफर सकिए पश्चात एक कार्यक्रमको आयोजना गरी उक्त रकम कुनै एक सामाजिक संस्थालाई हस्तान्तरण गरिने छ ।

हाल नेपाली बजारमा मोटरहेडका स्क्र्याम्बलर २५०, एमएच २००, टेक्कन २५०, स्पोर्ट्स अफरोड टायर, स्पोर्ट्स रोड टायर, एक्सटर्क र एमएच १५० आर छन् ।

प्रतिक्रिया