विपक्षी एमालेको मुद्दा ६ नम्बर पेशीमा

काठमाडौं । विपक्षी एमाले नेता मावधकुमार नेपाल समूहको मुद्दा सोमवार पनि सर्वोच्च अदालतको ६ नम्बर पेशीमा चढेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सो मुद्दा सुनुवाइका लागि पेशी तोकिएको हो ।

आइतवार पनि उक्त मुद्दा ढुंगानाकै इजलासमा परेको थियो । तर, आइतवार हेर्न नभ्याउने भन्दै सुनुवाइ सोमवारलाई सरेको थियो । पेशी सूचीमा नेपाल समूहको मुद्दा अगाडि पाँच वटा बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानविपरीत आफूहरूलाई कारबाही गरेको भन्दै सो समूहका चार नेताले सर्वोच्चमा रिट दायर गरेका थिए । जहाँ, निर्वाचन आयोग, अध्यक्ष ओली, सभामुख, महासचिव ईश्वर पोखरेललगायतलाई विपक्षी बनाएका छन् ।

प्रतिक्रिया