‘कबड्डी ४’ को मुहूर्तमा कलाकारसहित टिम

काठमाडौँ । शनिवार नक्सालस्थित भाटभटेनी मन्दिरमा पूजा गर्दै चलचित्र ‘कबड्डी ४’ को मुहूर्त गरिएको छ । मुहूर्तमा चलचित्रका कलाकार, निर्देशक, निर्माता, छायाकारलगायतको उपस्थिति रहेको थियो । लकडाउन नभएमा चलचित्रको छायांकन १५ गतेबाट गरिनेछ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामालगायतको प्रमुख भूमिका रहनेछ । गौमायाले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गर्न लागेकी हुन् ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको कथा निर्देशक गुरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर तयार पारेका हुन् । असोज १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रको निर्माता मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार रहेका छन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डी. कार्कीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ ।

प्रतिक्रिया