पराजुली निर्देशित ‘गर्मी भयो धरान’ सार्वजनिक

काठमाडौँ । अमर वान्तुको नयाँ गीत ‘गर्मि भयो धरान…’ सार्वजनिक गरिएको छ। गीतमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ । भिडियोमा दिनेश बान्तवाको संगीत रहेको छ ।

भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोलाई जनकदिप पराजुलीले निर्देशन गरेका हुन् । भिडियोमा पल शाह, साहारा राई र सशी राई लोहोरुङ फिचर्ड छन् ।

सागर प्रधानले छायाँकन गरेको भिडियोको सम्पादन धुव्रराज पराजुली ‘प्रज्वलित’ ले गरेका हुन् । सार्वजनिक भिडियोमा मनिता राईको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया