सकियो ‘बिहे पास’को छायांकन

काठमाडौँ । प्रकृति श्रेष्ठको कम ब्याक चलचित्र ‘बिहे पास’ को छायांकन सकिएको छ । विराटनगर आसपास र काठमाडौँमा गरेर चलचित्रको छायांकन सकिएको हो ।

प्रकृति यही चलचित्रका लागि अस्ट्रेलियाबाट ६ वर्षपछि नेपाल आएकी छन् । आर आर फिल्म्सको ब्यानरमा बनेको चलचित्रको छायांकन २७ दिनमा सकिएको हो ।

प्रवेश पौडेलको निर्देशन रहेको चलचित्रमा प्रकृतिसँगै दयाहाङ राई, बुद्धि तामाङ, श्याम राई, रवीन्द्र झालगायतको अभिनय रहेको छ । चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ भने सह-निर्देशक विनय पौडेल रहेका छन् । शिव ढकालको छायांकन रहेको चलचित्र रत्न श्रेष्ठ र रोहित कट्टेल मिलेर बनाएका हुन् ।

प्रतिक्रिया