विपक्षी एमालेलाई समानान्तर गतिविधि रोक्न सुझाव

काठमाडौं । शुक्रवार बसेको नेकपा एमालेको बैठकले समानान्तर गतिविधि गर्दै अगाडि बढिरहेको विपक्षी एमालेलाई गतिविधि रोक्न सुझाव दिएको छ ।

बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले यसबारे प्रष्ट पारेका छन् । बैठकले ११ वटा प्रस्तावहरु पारित गरेको सुनाउँदै प्रवक्ता ज्ञवालीले भने– ‘पहिलो नम्बरमा बैठकले समानान्तर गतिविधि गरिरहने साथीहरुलाई नगर्नु भनी सुझाव दिएको छ ।’

प्रतिक्रिया