पुराना कलाकार छोड्दै ‘कबड्डी’ टिम

काठमाडौँ । चलचित्र कबड्डीको अन्तिम भाग ‘कबड्डी ४’ मा अधिकांश पुराना कलाकार नदेखिने भएका छन् ।

अघिल्ला चलचित्रहरूमा देखिएका निश्चल बस्नेत, विल्सन विक्रम राई, रिश्मा गुरुङ र उपासना सिंह ठकुरीलाई दर्शकले यस चलचित्रमा नदेख्ने भएका हुन् । वैशाख अन्तिमबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्र असोज १५ बाट प्रदर्शनमा आउनेछ ।

चलचित्रमा नायिका (सोल्टिनी)को रूपमा मिरुना मगरको इन्ट्री भएको छ । अन्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामालगायत रहनेछन् । चलचित्रका निर्माता मणिराम पोखरेल रहेका छन् भने निर्देशन रामबाबु गुरुङले गर्दैछन् ।

प्रतिक्रिया