अस्ट्रेलियामा दोस्रो पटक ‘गोर्खे’ प्रदर्शन हुने

काठमाडौँ । चलचित्र ‘गोर्खे’ अस्ट्रेलियामा दोस्रो पटक प्रदर्शन हुने भएको छ । लक डाउन खुले लगत्तै यो चलचित्र प्रदर्शन भएको थियो ।

ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टरको सहकार्यमा डी ब्वाइज इभेन्ट्सले अस्ट्रेलिया स्थित क्यानबेराका नेपाली दर्शकमाझ आगामी अप्रिल २३ तारिक प्रदर्शन गर्न लागेको हो । क्यानबेरा प्रदर्शनका लागि यु रेमिट हसल फ्रिले सहकार्य गरेको छ ।

क्यानबेरास्थित लाइमलाइट सिनेमाजमा प्रदर्शन हुन लागेको चलचित्रका लागि टिकट बुकिङ खुला गरिएको छ । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तीर्थराम कोजु र हरि थापा निर्माता रहेको चलचित्र ५ युवा र उनीहरूले देखेको सपनाको विषयमा निर्माण भएको हो । चलचित्रमा रवीन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राईलगायतका कलाकारको अभिनय रहेको छ । काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र नीरज कँडेलको छायाँकन, मित्र डी गुरुङको सम्पादन चलचित्रमा रहेको छ । दिन्छु पाख्रिन र हरि लम्सालको संगीत रहेको चलचित्र किम्मत गौतमले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया