ओली–नेपालबीचको वार्ता सकियो

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । बिहीवार मेरियट होटलमा दिउँसो २ बजे शुरु भएको वार्ता करिब २ घण्टा चलेर सकिएको हो ।

आजको वार्तामा खास रुपमा के के कुराकानी भयो भन्नेबारे खुलिसकेको छैन । हिजो वार्तापछि पत्रकारहरुको प्रश्नमा नेता नेपालले भोलि बोल्छु भनेका थिए । यतिबेला नेता नेपाल मेरियटबाट निस्किएका छैनन् । ओली भने सकिएलगत्तै बालुवाटार फर्किसकेका छन् ।

यसअघि ओली–नेपालबीच बुधवार पनि छलफल भएको थियो । छलफलमा उनीहरुले आ–आफ्नो अडान दोहोर्याएका थिए ।  गत वर्षको फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेललाई दिएपछि साविककै अवस्थामा पुगेको एमाले समानान्तर गतिविधिका कारण फुटको सन्निकट पुगेको छ । दुवै समूहका नेताहरुले पनि मिलेरै जाने निष्कर्ष निकाले पनि सोअनुसार काम भइरहेको छैन ।

प्रतिक्रिया