‘आँधी तुफान २’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘आँधी तुफान २’ को छायांकन सुरु भएको छ । निर्माणको घोषणा भएको लामै समयपश्चात् चलचित्रका कलाकार तथा अन्य टिमको उपस्थितिमा छायांकन सुरु भएको हो ।

हत्यापछिको घटना अनुसन्धानका लागि परिचालित तीन युवतीको वरपर चलचित्रको कथा घुम्ने बताइएको छ । नारी प्रधान सस्पेन्स थ्रिलर कथामा बन्न लागेको चलचित्रलाई मदन घिमिरेले निर्देशन गर्दैछन् । चलचित्रका प्रस्तुत कर्ता तथा लेखक मौनता श्रेष्ठ हुन् । रामशरण उप्रेतीको छायाङ्कन रहने चलचित्रमा सुरेश अधिकारीको सङ्गीत रहनेछ ।

चलचित्रमा मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, सञ्जय खतिवडा, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, आरती आचार्य, पुनम गौतम, सान अधिकारी, याङ्सु श्रेष्ठ, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दिया ठकुरी, रमेश तामाङ, अरुण कालीराजलगायतको अभिनय रहनेछ ।

प्रतिक्रिया