पाथिभरा जोगाउन माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । ताप्लेजुङको ऐतिहासिक एवम् धार्मिक क्षेत्र पाथिभरा (जसलाई लिम्बु भाषाअनुसार मुक्कुमलुङ)को बचाउ गर्न सरकारलाई दबाब दिने उद्देश्यसहित बिहीबार माइतीघर मण्डलामा विभिन्न संस्थाहरूले प्रदर्शन गरेका छन् ।

कार्यक्रममा याक्थुङ लेखक संघले मुक्कुमलुङ अतिक्रमणविरुद्ध कविता वाचन गरेको थियो ।

यसैगरी याक्थुङ आदिवासीको आस्थाको स्थल, सांस्कृतिक आध्यात्मिक स्थल मुक्कुमलुङ संरक्षण आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौंले पनि विरोध कार्यक्रमलाई साथ दिएको छ ।

सरकारले वन विनाश गर्दै पाथिभरा क्षेत्र अर्थात् मुक्कुमलुङमा अतिक्रमण गरेको भन्दै त्यसविरुद्ध लिम्बु विद्यार्थी मञ्च केन्द्रीय कार्यसमितिले पनि विरोध जनाएको छ ।

विरोधमा ‘२०७८ वैशाख ११ गते मुक्कुमलुङ जाऔँ’ भन्ने नारा लगाइएको थियो ।

प्रतिक्रिया