एसराज अभिनित ‘पिरतीको लुडो’ सार्वजनिक

काठमाडौँ । ‘पिरतीको लुडो’ गीत सार्वजनिक भएको छ । विपिन घिमिरे तथा शिला विष्ट अलिको स्वर रहेको गीतमा  लुडो खेललाई प्रेमसँग तुलना गरिएको छ ।

लक्ष्मी पौडेलको रचना रहेको गीतलाई विपिन घिमिरेले सङ्गीतबद्ध गरेका छन् । राजन ईशानले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

भिडियोमा एसराज गराच र तेलाजु खतिवडा फिचर्ड छन् । भिडियोलाई नरेश वीर सिंहले कोरियोग्राफी गरेका छन् भने लुज सिंहको छायांकन तथा निर्देशन छ । टेकेन्द्र शाहले उक्त भिडियोलाई सम्पादन गरेका हुन् । सुजाता सिटौलाले भिडियो निर्माण गरेकी छन् ।

प्रतिक्रिया