यस वर्षको ‘निफ’ प्रत्यक्ष र भर्चुअल दुवै माध्यममा हुने

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ‘निफ’ भर्चुअल र प्रत्यक्ष गरी दुवै माध्यमबाट सञ्चालन हुने भएको छ । बढ्दो कोरोना लहरका कारण परिस्थिति जटिल बन्दै गएपछि यसमा सञ्चालन गरिने इभेन्टलाई भर्चुअल र प्रत्यक्ष गरी दुवै माध्यमबाट सञ्चालन हुने भएको हो ।

सरकारको निर्देशनअनुसार नै उद्घाटन र समापन समारोह मापदण्डअनुसार गरिने आयोजक टिमले जनाएको छ । त्यसलाई विभिन्न माध्यमहरूबाट प्रत्यक्ष प्रसारण गरी अझ धेरै दर्शकसम्म पुर्‍याइने बताइएको छ । त्यसैगरी फेस्टिभलका चलचित्रहरूलाई अनलाइन माध्यमबाट प्रसारण गरिनेछ, जसलाई दर्शकहरूले घरमै बसेर हेर्न सक्नेछन् ।

प्रत्यक्ष आयोजना गरी अनलाइन माध्यमबाट पनि प्रत्यक्ष प्रसारण गरिने विभिन्न विषयगत बहसको कार्यक्रममा भने दर्शकहरूले सहभागिता जनाउन सक्नेछन् ।

चौथो संस्करणमा आयोजना हुन लागेको निफ यसअघि हरेक वर्ष फेब्रुअरीमा हुने गरेको थियो ।

प्रतिक्रिया