चलचित्र ‘गेम ओभर’ बन्ने

काठमाडौँ । आर.एल फिल्मस् इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा चलचित्र ‘गेम ओभर’ बन्ने भएको छ । चलचित्रमा आर.एल लामा मोक्तानको लेखन तथा निर्देशन रहने छ ।

चलचित्रमा बुद्धि तामाङ, धिरेन शाक्य,  आर.एल लामा मोक्तान, कविता राय, शारदा गिरी, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, मिलन श्रेष्ठ, जयकिसन बस्नेत, सुशील पोखरेल, रमेश बस्नेत, बलराम धमला लगायतको अभिनय रहने छ ।

सोनम मोक्तान, लङ्कामाया मोक्तान, मिलन श्रेष्ठ र शेखर लामा निर्माता रहेको चलचित्रका प्रस्तुत कर्ता खड्ग लामा मोक्तान हुन् । मकवानपुर आसपासका स्थानमा छायाङ्कन हुने चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, रामेश्वर हुमागाईँको छायाङ्कन, विकास चौधरीको संगीत र रामजी लामिछानेको नृत्य रहनेछ ।

प्रतिक्रिया