‘राम हो झुमा हो’ बजारमा [भिडिओसहित]

काठमाडौं । ‘राम हो झुमा हो’ गीत सार्वजनिक भएको छ । बिदुर गिरीको शब्दमा बनेको गीतलाई श्रीकृष्ण क्षेत्री र मेलिना राईले स्वरबद्ध गरेका छन् ।

लोक आधुनिक विधाको गीतले प्रेम–सम्बन्धलाई केन्द्रमा राखेको छ । गीति भिडिओमा द्वयकलाकार सुनिल क्षेत्री र गीता ढुङ्गाना ‘फिचर्ड’ छन् ।

छत्रभूमि म्युजिकको अफिसिय यूट्युबमार्फत सार्वजनिक गीति भिडिओको निर्देशन सुनिल क्षेत्रीले नै गरेका छन् ।

प्रतिक्रिया