विकास र सृजना फिचर्ड ‘सोची हेर’ सार्वजनिक

काठमाडौँ । गीत ‘सोची हेर’ सार्वजनिक भएको छ । सुदीप भण्डारीको स्वर रहेको गीतमा डिपी खनालको शब्द समेटिएको छ ।

शङ्कर थापा ‘स्माइल’ को संगीत रहेको गीतमा संगीत संयोजन सन्देश रुचालले गरेका छन् ।

विकाश लामिछाने र सृजना जिसी अभिनित भिडिओलाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका हुन् । भिडियो छायांकन अनिल के मानन्धरको रहेको छ भने सम्पादन दिनसन शाहले गरेका छन् ।

प्रतिक्रिया