प्यासीको ‘मधेसमा मैना’ सार्वजनिक

काठमाडौँ । गायक केहरसिंह प्यासी र समीक्षा अधिकारीको स्वरमा ‘मधेसमा मैना’ गीत सार्वजनिक भएको छ । भिडियोमा पल शाह र अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।

गीत रविन लामिछानेले लेखेका हुन् । श्याम श्वेत रसाइलीले संगीत संयोजन गरेको गीतको लय र संगीत भने ऋषि खड्काले तयार पारेका हुन् । मौसम हिमालीको निर्देशनमा तयार भएको गीतलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया