‘बाबरी’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘बाबरी’को छायांकन लेटाङ बाट सुरु भएको छ । सुरेन्द्र पौडेलको मुख्य निर्देशन रहेको चलचित्रमा धिरज मगर, धिरज टोटलानी र अभिनेत्री अदिति बुढाथोकीको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बास्कोटाको, अनमोल गुरुङ र सुजन चापागाईँको संगीत रहनेछ ।

चलचित्र अदितिकी आमाले निर्माण गर्दैछिन् । गतवर्ष नै छायांकनको तयारी गरिएको फिल्म कोरोना संक्रमणका कारण रोकिएको थियो ।

प्रतिक्रिया