‘प्रेमगन्ज’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘प्रेमगन्ज’को छायांकन सुरु भएको छ । अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहने यस चलचित्रको छायांकन काभ्रेबाट सुरु भएको हो ।

परिच्छेद सेनको निर्देशन रहने चलचित्रमा बेनिशासँगै तेज गिरी, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाललगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन काभ्रेसँगै काठमाडौँमा हुनेछ । सञ्जय लामाको छायांकन रहने चलचित्रमा राजु फुयाँल निर्माता रहेका छन् भने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया